एक अगाेरा सम्मेलनमा भाग लिदै

 

 

जर्ज डायस, पोर्चुगलका Agora Speakers का राजदूत लिस्बनमा पहिलो Agora सम्मेलनमा जाे २०१९ को आयोजक थिए
जर्ज डायस, पोर्चुगलका Agora Speakers का राजदूत लिस्बनमा पहिलो Agora सम्मेलनमा जाे २०१९ को आयोजक थिए

 

Agora अन्तर्राष्ट्रिय सम्मेलनहरु ( जसलाई सामान्यतया "AgoraCon" भनिन्छ) धेरै-दिन चल्ने कार्यक्रमहरु हुन् जहाँ दुनिया भरबाट सदस्यहरु प्रतिस्पर्धा, सिक्न, सामाजिकीकरण, र Agora को भविष्यको बारेमा सल्लाह गर्नका लागि लागी भेला हुन्छन्। जे होस् उनीहरु Agora, यसको लक्ष्य, र यसको मिशनको आसपास केन्द्रित हुन्छन्, यिनीहरु खुला कार्यक्रमहरु हुन् जहाँ कुनै पनी व्यक्ति उपस्थित हुन सक्छन्। यसकाे लागि Agora काे सदस्य हुनु आवश्यक छैन। एक Agora सम्मेलन मा भाग लिनु, अतिशयोक्ति बिना, एक जीवन परिवर्तन गर्ने खालकाे घटना हो। जति संख्यामा मानिसहरु तपाइँ भेट्नुहुनेछ, सौहार्दको डिग्री, मित्रता, र न्यानोपन तपाइँले महसुस गर्नुहुनेछ, तपाइँले ज्ञान प्राप्त गर्नुहुनेछ, र सम्बन्धकाे स्थापन गर्न सक्नुहुन्छ जुन धेरै बर्षसम्म प्रतिध्वनित हुनेछ।.

प्रत्येक Agora सम्मेलनमा एक विशिष्ट लोगो र विषयवस्तु हुन्छ। उदाहरणको लागी, पहिलो २०१९ सम्मेलनकाे विषय "सपना ठूलो राख्नुहाेस्। यसलाई पुरा गर्नुहाेस्"। दोस्रो अधिवेशन (जुन कोभिड १९ काे महामारीको कारण २०२० बाट २०२१मा सार्नुपर्‍यो) यसको शीर्षक थियो "नयाँ समयका लागि नयाँ नेता।"

Banner

 

Agora सम्मेलनहरु वार्षिक रूपमा मनाइन्छ, सामान्यतया हाम्रो नजिक स्थापना दिवसकाे दिन - जुन अगष्ट २१ हाे ।प्रत्येक वर्ष एक फरक शहर र देशमा सम्मेलन सञ्चालन गर्नकाे लागी चयन गरीन्छ। चयन मापदण्ड एक संख्यामा आधारित हुन्छ, जस्तै:

  • उक्त क्षेत्रमा क्लब बृद्धिकाे अवस्था।
  • पर्याप्त पूर्वाधारको उपलब्धता (यातायात केन्द्रहरु, होटल, आदि)
  • स्थानको पहुँच - दुबै राजनीतिक (देश प्रवेश आवश्यकताहरु को शर्त मा) र व्यावहारिक (सुरक्षा, पहुँचता, आदि को मामलामा)
  • यो परिमाण को एक कार्यक्रम सफलतापूर्वक तयार गर्न र सञ्चालन गर्नको लागी प्रतिबद्धता र आयोजकहरुको क्षमता ।
  • अघिल्ला सम्मेलन भएका स्थान (उदाहरणको लागी, यदि विगतकाे सम्मेलन पश्चिमी यूरोपमा भएको थियाे भने, अर्को सम्मेलनका लागी पश्चिमी यूरोप वा यहाँ सम्म कि यूरोप छनौट गरिने संभावना छैन )।

अन्य गतिविधिहरुभन्दा विपरीत, एक सम्मेलनमा भाग लिन को लागी निशुल्क छैन र एक टिकट तिर्न आवश्यक छ। टिकट मूल्य भाडा तिर्न, खानपानको आयोजन गर्न, सबै पूर्वाधार लागतहरू तयार गर्न (उपकरण, बत्ती, फर्नीचर), उपभोग्य सामान, फोटोग्राफी र भिडियो रेकर्डिंग जस्ता पेशेवर सेवाहरु, र सम्भवतः केहि प्रमुख अतिथिहरु तिर्नकाे लागि खर्चकाे भुक्तानी गरिन्छ। 

 

गतिविधिहरु

एक सम्मेलनको आयोजकहरुले उक्त सम्मेलनकाे दौरान के हुनेछ भन्ने निर्णयमा लचीलापन हुने भएकाले  कुनै दुई सम्मेलनहरु समान हुदैनन्।

मूख्य रूपमा, प्रत्येक सम्मेलन एक "मुख्य ट्र्याक" जुन मुख्य सम्मेलन हलमा हुन्छ त्यसमा निम्न कुरा हुन्छन्:

  • एक वा धेरै मुख्य भाषण
  • प्रतियाेगिताकाे फाइनलहरू
  • एक वा धेरै कार्यशालाहरु
  • एक गाला डिनर
  • एउटा मनोरञ्जन कार्यक्रम
  • एक नेटवर्किंग कार्यक्रमहरू।
  • एक पुरस्कार समारोह - दुबै प्रतियोगिता विजेताहरु र अन्य प्रतिष्ठित सदस्यहरुको लागी

थप रूपमा, त्यहाँ "साइड ट्र्याक" हुन सक्छ जुन छुट्टै कोठामा हुन्छ, र त्यहाँ कार्यशाला, प्रशिक्षण सत्र, वा अन्य घटनाहरु हुन सक्छन् ।

यहाँ गतिविधिहरुको सानो उदाहरण हो जुन लिस्बन २०१९ सम्मेलनको दौरान लिइएकाे थियाे (पूर्ण संकल्प छवि हेर्नको लागी प्रत्येक तस्वीरमा क्लिक गर्नुहोस् )।

71332100 2726353410730275 8014999291821031424 N

  71842786 2726398267392456 8927218322215272448 N

Convention 10

  Convention

Convention10 Convention28 Convention27 Convention 1

 

कानूनी मामलाहरु

 

एउटा सम्मेलनमा भाग लिने योजना बनाउनु भन्दा पहिले, सधैं सम्मेलन हुने देशको दूतावास संग पहिले जाँच गर्नुहोस् कि तपाइँलाई एक भिसा चाहिन्छ र, यदि हो भने, तपाइँ के कागजातहरु पेश गर्न आवश्यक छ भन्ने जानकारी राख्नुहाेस्।

एक पटक तपाइँ जाने निर्णय गर्नुभयो भने, भिसा अनुरोध ढिलाइ नगर्नुहोस् - केहि देशहरुलाई भिसा प्रदान गर्न दुई महिना सम्म लाग्न सक्छ।

भिसा समर्थन पत्र

 

Schengen

युरोपेली संघमा एक सम्मेलन कार्यक्रममा भाग लिन चाहने जो कोहि को लागी र आफ्नो देश मा भिसा प्रक्रिया को लागी Agora बाट एक आधिकारिक निमन्त्रणा पत्र को आवश्यकता छ, जसकाे लागि कृपया कन्भेन्सन टिकट रसिद र तपाइँको पूरा विवरण (पूरा नामको रूपमा जुन तपाइँको पासपोर्ट र तपाइँको भौतिक ठेगाना मा देखिन्छ) को लागी info@agoraspeakers.org मा इमेल प्रेषित गर्नुहोस् र हामी एक व्यापार दिन भित्र निमन्त्रणा पत्र फिर्ता पठाउनेछौं। कृपया ध्यान दिनुहोस् कि पत्र स्वीकार गर्ने वा नगर्ने भन्ने दूतावासको निर्भर रहन्छ र त्यसमा हाम्राे कुनै नियन्त्रण छैन।

एक पटक तपाइँ पुरा तरिकाले दर्ता गरीसकेपछि र कानूनी कारणहरुको सम्मेलनको लागी रकम तिरीसके पश्चात मात्र हामी भिसा समर्थन पत्र प्रदान गर्न सक्दछौं ।

एक विशेष देशको लागी भिसा त्यो देश बाहिरबाट प्राप्त गर्नु पर्छ (र शेन्जेन क्षेत्रबाट कुनै पनि देशको लागी भिसा उक्त क्षेत्र भन्दा बाहिर बाट प्राप्त गर्नु पर्छ)। माथि भनिएकाे पत्र पठाउनुको अलावा, हामी कुनै पनि तरिकाबाट भिसा प्रक्रियालाई प्रभावित वा नियन्त्रण गर्न सक्दैनौं, न त हामी एक विशेष आवेदनको स्थिति वा आवश्यक कागजातको बारेमा जानकारी प्रदान गर्न सक्छौं।

साथै, याद गर्नुहोस् कि तपाइँ हाम्रो फाउन्डेशनको सबै कानूनी विवरण यहाँ पाउन सक्नुहुन्छ ।

कृपया ध्यान दिनुहोस् कि Agora Speakers International यूरोपीयन संघ मा दर्ता गरीएको छ। हाम्रो समर्थन पत्र ईयूबाट देशहरुको दूतावासमा स्वीकार गर्न सकिन्छ, तर अन्यत्रमा स्वीकार हुनु जरूरी छैन।

विजक

तपाइँको टिकटको लागी एक विजक प्राप्त गर्नको लागी, सम्मेलन आयोजकलाई सम्पर्क गर्नुहोस्।

 


Contributors to this page: agora and puspa.khanal .
Page last modified on Monday August 30, 2021 01:08:19 CEST by agora.